अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद्लाई कति चाहिन्छ बजेट: सभामुख, अर्थमन्त्री र सभापतिहरूबी छलफल

संसद्लाई कति चाहिन्छ बजेट: सभामुख, अर्थमन्त्री र सभापतिहरूबी छलफल


काठमाडौँ-सङ्घीय संसद्का लागि आवश्यक पर्ने बजेटका बारेमा सभामुख देवराज घिमिरेले अर्थमन्त्री वर्षमान पुनसहित सङ्घीय संसद्का सभापतिहरूबीच बैठक राख्नु भएको छ।

आगामी आर्थिक वर्षका लागि बजेट निर्माणको काम भइरहेको पूर्व सन्ध्यामा बुधवार सभामुख घिमिरेले राष्ट्रियसभाका अध्यक्ष, संसद्का दुवै सदन अन्तर्गत रहेका विषयगत समितिका सभापतिहरूलाई छलफलमा बोलाउनु भएको हो।

सिंहदरबारस्थित कानून समितिको हलमा संसद्को बजेटका विषयमा छलफल भइरहेको सभामुखका सचिवालयले जनाएको छ।

बजेट अभावका कारण विभिन्न संसदीय समितिहरूले काम गर्न नसकेको लगायत संसद्का कुन–कुन क्षेत्र विषयका लागि कति बजेट आवश्यक पर्छ भन्ने बारेमा छलफल भइरहेको हो।