अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीद्वारा काँकडभिट्टा-लौकही सडकको शिलान्यास

अध्यक्ष ओलीद्वारा काँकडभिट्टा-लौकही सडकको शिलान्यास


दमक-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व पश्चिम राजमार्ग काँकडभिट्टा-लौकही सडक खण्ड स्तरोन्नतिको शिलान्यास गर्नुभएको छ।

आज पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही खण्डमा स्तरोन्नतिको शिलान्यास गर्नुभएको हो।

पूर्वपश्चिम राजमागलाई अन्तराष्ट्रिय मापदण्ड अनुसार चार लेन बनाउने काम अध्यक्ष ओली प्रधानमन्त्री भएका बेला सुरु गरिएको हो। सुरुवाती खण्ड बुटवल नारायणगढ निर्माणको काम अहिले भइरहेको छ। आज शिलान्यास हुने काकरभिटटा-लौकही खण्ड ९५ किलोमिटर रहेको छ। आयोजनाले यो सडकलाई पूर्वी र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरेको छ। काँकरभिट्टादेखि सीतापुरसम्मको ४५ किलोमिटर सडक दमकस्थित कार्यालयले हेर्नेछ भने सीतापुरबाट इटहरी पश्चिम पचरुखीसम्मको क्षेत्र इटहरी कार्यालयको कार्यक्षेत्रमा छ।

यो सडक एशियाली विकास बैंकको सहयोगमा आगामी तीन वर्षमा सम्पन्न हुने गरी निर्माण सुरु भएको हो। शिलान्यास कार्यक्रममा उपप्रधान तथा भौतिक मन्त्री रघुवीर महासेठ पनि सँगे हुनुहुन्छ।