झापा-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कनकाई पुलको पनि शिलान्यास गर्नुभएको छ। यसअघि पूर्व पश्चिम राजमार्ग काँकडभिट्टा-लौकही सडक खण्ड स्तरोन्नतिको शिलान्यास गर्नुभएको थियो।
अध्यक्ष ओलीले झापा क्षेत्र-४ को शिवसताक्षी नगरपालिकाको मदरगाछ खण्डको कनकाई पुलको शिलान्यास गर्नुभएको हो।
शिलान्यास कार्यक्रममा उपप्रधान तथा भौतिक मन्त्री रघुवीर महासेठ, साँसद एलपि साँवा पनि सहभागी हुनुहुन्थ्यो।

अध्यक्ष ओलीले भोली एमाले दमक नगर कमिटीको अधिवेशनको उद्घाटन गर्नुहुनेछ। भोली नै मोरङको सुन्दर हरैंचा नगरपालिकामा एक सडकको शिलान्यास गरेर सुनसरीमा निजी क्षेत्रबाट खोलिएको अस्पताल उद्धटन गर्ने कार्यक्रम रहेको छ। अध्यक्ष ओलीले भोली नै विराटनगर पार्टी कार्यकर्ताहरुलाई सम्बोधन गरेर काठमाडौं फर्कने उहाँको सचिवालयले जनाएको छ।




प्रतिक्रिया