अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अब सेल्फी खिच्न विदेश जानु पर्दैन: अध्यक्ष ओली

अब सेल्फी खिच्न विदेश जानु पर्दैन: अध्यक्ष ओली


दमक-नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशका जस्तै सडक, पुल लगायतका भौतिक संरचना नेपालमा नै धमाधम बनिरहेको बताउनु भएको छ।

बुधबार झापाको कमल गाउँपालिकास्थित पाडाजुंगीमा पूर्व पश्चिम राजमार्गको काकडभिट्टा लौकही सडक स्तरउन्नती योजना शिलन्यास गर्दै ओलीले मुलुकको समग्र विकासका लागि भौतिक विकास पनि प्रमुख माध्यम भएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘विदेशमा गएर ठुला गगनचुम्बी भवनको अगाडि सेल्फी खिच्ने तर नेपालमा पनि किन ठूला भवन र संरचना चाहियो भनेर विरोध गर्ने परिपाटी पनि देखेको छु।’

अब राम्रा र फराकिला सडक तथा आकर्षक पुल नेपालमा नै बन्न थालेकाले सेल्फी खिच्नका लागि विदेश गइरहनु नपर्ने बताउनुभएको छ। विदेशका जस्तै सडक, पुल लगायतका भौतिक संरचना नेपालमा नै धमाधम बनिरहेको जनाउदै उहाँले यस्तो बताउनुभएको हो।

नेपालमा नै विदेशका जस्ता सडक, पुल र भवन बन्ने उहाँको भनाइ छ। ‘केही समयपछि अब यहाँ बनेको सडक र पुलहरुमा सेफी खिच्न लायक बन्नेछन्’, ओलीले भन्नुभयो। 

सडकहरुको विकास र स्तरउन्नतीले विकासका धेरै आयामलाई जोड्ने ओलीको भनाइ थियो। यस  प्रकारका योजनामा सबैलाई समान रुपमा अवसर प्राप्त गराउने र आफूले पनि अवसर लिने प्रयत्न गर्नुपर्ने बताउनुभयो।

एमाले अध्यक्ष पूर्व प्रधानमन्त्री ओली मंगलबारदेखि झापामा रहनुभएको छ। नेकपा (एमाले) झापाका सचिव तुलसी कार्कीका अनुसार विभिन्न योजनाको शिलन्यास र उद्घाटन लगायतका कार्यक्रममा सहभागी हुन ओली बिहीबारसम्म झापाको दमक रहने कार्यक्रम तय भएको छ।