अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जीबी राईको राहदानी रद्द गर्ने आधार देखिएन: राहदानी विभाग

जीबी राईको राहदानी रद्द गर्ने आधार देखिएन: राहदानी विभाग


काठमाडौं-सहकारीको बचत अपचलन तथा ठगी मुद्दामा फरार गीतेन्द्रबाबु राई (जीबी) को राहदानी (पासपोर्ट) रद्द नहुने भएको छ।

पोखराको सूर्यदर्शन सहकारी तथा विभिन्न चार सहकारीको अर्बौं ठगीको आरोपपछि फरार जीबीको राहदानी रद्दको माग गर्दै कास्की प्रहरीले राहदानी विभागलाई पत्राचार गरेको थियो।

तर, राहदानी विभागले भने अहिलेकै अवस्थामा जीबीको पासपोर्ट रद्द गर्न मिल्ने आधार नभएको जनाएको हो । प्रहरीले जीबी मलेसियामा रहेको आशंका गरेको छ। त्यहाँबाट समेत अन्य देश भाग्न सक्ने भन्दै प्रहरीले उनको पासपोर्ट रोक्काको लागि वैशाखको अन्तिम साता राहदानी विभागलाई पत्राचार गरेको थियो।

पासपोर्ट रद्द गर्ने कि नगर्ने भन्नेबारे कानुनी परामर्शपछि अहिलेकै अवस्थामा राईको पासपोर्ट रद्द गर्न नसकिने राहदानी विभागका निर्देशक एवं प्रवक्ता रमेशकुमार चर्मकारले जानकारी दिनु भयो । उहाँले भन्नुभयो, ‘राहदानी ऐन, २०७६ अनुसार पासपोर्ट रद्द गर्न अदालतको आदेशबाहेक अन्य अवस्थामा गर्न मिल्ने नदेखिँदा अहिलेकै अवस्थामा रद्द गर्न मिलेन।’

जीबी राईमाथि सूर्यदर्शन सहकारी, रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी, काठमाडौ‌को स्वर्णलक्ष्मी सहकारीको अर्बाैं रकम हिनामिना गरेको आरोप छ। सूर्यदर्शन र सुप्रिम सहकारीको मुद्दा अदालत नै पुगिसकेको छ । सोही अभियोगमा आरोपी ओखलढुंगाका जीबीमाथि प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल)ले रेड नोटिस समेत जारी गरेको छ। तर, उनी भने पक्राउ परेका छैनन् ।