अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यी चार प्रदेशमा विहानै देखि हल्का वर्षा,दिउसो पनि गण्डकी र लुम्बिनीका केही भागमा वर्षा हुने

यी चार प्रदेशमा विहानै देखि हल्का वर्षा,दिउसो पनि गण्डकी र लुम्बिनीका केही भागमा वर्षा हुने


काठमाण्डौ – अहिले लुम्बिनी, गण्डकी, बाग्मती र कर्णाली प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । स्थानीय वायुसँगै भारतको उत्तर प्रदेश आसपासमा बनेको न्यून चापीय प्रणालीको असरले अहिले केही ठाउँमा बदली र वर्षा भइरहेको मौसमबिद् सञ्जिव अधिकारीले जानकारी दिनुभयो ।

आज दिउँसो लुम्बिनी र गण्डकीका धेरैजसो ठाउँका साथै देशभरको पहाडी क्षेत्रमा आँशिकदेखि सामान्य बदली भइ केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । कोशी, बाग्मती र गण्डकी प्रदेशको पहाडी भूभाग तथा बाँकी भुभागको केही ठाउँमा हावाहुरी र चट्याङको जोखिम रहेकोले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।