अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालमा स्थानीय वायुसँगै ‘रेमल’ चक्रवातको प्रभाव, आज कता कता होला वर्षा ?

नेपालमा स्थानीय वायुसँगै ‘रेमल’ चक्रवातको प्रभाव, आज कता कता होला वर्षा ?


काठमाडौं-यतिबेला देशका विभिन्न भागमा स्थानीय वायुसँग देशका पूर्वी भूभागमा ‘रेमल’ चक्रवातको आंशिक प्रभाव रहेको छ।
हाल सोमबार बिहान कोसी प्रदेशमा साधारणतया बदलीको अवस्था छ भने देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ। देशका बाँकी भूभागको मौसम भने मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले कोसी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। त्यसैगरी बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो कोसी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा साधारणतया बदलीको अवस्था रहने छ। बाँकी भूभागको मौसम आंशिक बदली रहने छ।