काठमाडौं-उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले मनसुन सुरु भएसँगै जेठ १९ देखि असोज १९ सम्म विपद् जोखिमबाट जनतालाई राहत र उद्धारको लागि गृहमन्त्रालयको नेतृत्वमा टास्क फोर्स बनाउने बताउनु भएको छ।
सोमबार सिंहदरबारस्थित गृहमन्त्रालयमा मनसुन सम्बन्धि विपद् जोखिम सम्बन्धि सरोकारवालहरुसँगको छलफलमा बोल्दै उपप्रधान तथा गृहमन्त्री लामिछानेले वर्षायाम सु भएसँगै मनसुन जन्य विपतमा जनताको उद्धार राहतको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, सडक विभाग, हेलिकोप्टर व्यवसायीको प्रतिनिधि, मौसम पूर्वअनुमान, जल तथा मौसम विभागको प्रतिनिधित्व हुनेगरी तीन दिनभित्र ट्याक्स फोर्स बनाउने बताउनु भयो।
उहाँले उक्त ट्याक्स फोर्सले तीन दिन भित्रमा विपद्बाट जनतालाई जोगाउनको लागि गर्नुपर्ने काम र अधिकारका विषयमा कार्ययोजना सहितको कार्यविधि बनाउन निर्देशन दिनुभयो ।
‘मनसुन सुरु भएकाले प्राकृतिक विपद्मा जनतालाई राहत र उद्धारको लागि सबै निकायहरुको प्रतिनिधित्व हुनेगरी जेठ १९ देखि असोज १९ गतेसम्मको लागि गृह मन्त्रालयको नेतृत्वमा ट्याक्स फोर्स बनाउँछौं। त्यो टिमले सम्पूर्ण अधिकार पाउँछ। ट्याक्स फोर्सको कार्ययोजना र कार्यविधि बनाएर कामको थालनी गर्नुहोला। एक वर्षको मनसुनको लागि एउटा कार्यविधि बन्छ। अफ्ठ्यारो परेको अवस्थामा कानूनी अड्चन नहुने गरी कार्यविधि बनाउनुपर्छ। त्यसको लागि मैले मन्त्रीपरिषद् वा कसरी काम गर्नुपर्छ तत्काल दिनुुस्। तीन दिनभित्र सबै निकायहरुसँगको समन्वयमा ट्याक्स र्फोस बनाउनु होला।’




प्रतिक्रिया