अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदीय छानबिन समितिमा को-को भए सदस्य ?

संसदीय छानबिन समितिमा को-को भए सदस्य ?


काठमाडौँ-सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिमा रहने ७ सांसदको टुंगो लागेको छ। समितिमा कांग्रेस, एमालेबाट २/२ जना र अन्य दलबाट १/१ जना रहनेछन्। 

प्रतिनिधि सभाको बैठकबाट ७ सदस्यीय समिति घोषणा गरिँदै छ। समितिको कार्यावधि तीन महिना हुने भनिएको छ।

समितिमा कांग्रेसका सांसदहरू बद्री पाण्डे र ईश्वरी देवी न्यौपाने, सत्तारूढ नेकपा (एमाले) बाट सांसदहरू सूर्य थापा र सरिता भुसाल, नेकपा (माओवादी केन्द्र) बाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधान सदस्य रहनेछन्। 

सत्तारुढमध्ये ठूलो दलको हैसियतले एमालेबाट सूर्य थापा समिति संयोजक रहने सम्भावना छ।

समितिको कार्यादेशमा सहमति जुटेसँगै संसदको गतिरोध अन्त्य भएको छ।