अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सदनमा विचारधीन विधेयकहरु अघि बढ्छन्ः सभामुख घिमिरे

सदनमा विचारधीन विधेयकहरु अघि बढ्छन्ः सभामुख घिमिरे


काठमाडौँ-सभामुख देवराज घिमिरेले बजेट अधिवेशनमा पनि सदनमा विचाराधीन विधेयक अघि बढाउने बताउनुभएको छ।

गणतन्त्र दिवस–२०८१ का अवसरमा राष्ट्रिय समाचार समिति ९रासस०ले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्वीर प्रदर्शनीको अवलोकनपछि सभामुख घिमिरेले बजेट अधिवेशनमा बजेट पारित गर्ने मात्र नभएर विचारधीन विधेयकलाई समेत अघि बढाउने बताउनुभएको हो।  

'बजेट अधिवेशन सञ्चालन भइरहेको छ, यो अधिवेशनमा विचारधीन विधेयक पनि अघि बढाउनुपर्नेछ, विस्तारै सांसदहरुलाई दायित्वबोध भएको मैले महसुस गरेको छु', उहाँले भन्नुभयो, 'विधेयक ल्याउने र अघि बढाउने विषयमा सरकार पनि तुलनात्मकरुपमा सक्रिय छ, समितिमा रहेका विधेयकमा फटाफट काम भइरहेका छन्, आजै पनि संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयक पारित भएको छ, त्यसलाई संसद्मा बजेटकै बीचमा पनि प्रवेश गराएर अघि बढाउँछौँ।'