अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समयमा काम नगर्ने १८ वटा निर्माण कम्पनी कालो सुचीमा

समयमा काम नगर्ने १८ वटा निर्माण कम्पनी कालो सुचीमा


काठमाडौं- सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १८ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।

विभिन्न जिल्लाका निकायहरूले कालोसूचीमा राख्न लेखि पठाएका निर्माण कम्पनीहरूलाई कार्यालयले १ देखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखेको हो।

फ्रेन्ड्स ट्रेडिङ कन्सर्न ललितपुर, स्टार इन्फ्रा एन्ड डेभलोपर्स प्रा.लि. धनुषा र बाबा माइनचन्द इन्टरनेशनल भोटेबहालाई तीन तीन वर्षका लागि कालोसूचीमा राखिएको छ।

त्यस्तै बिकोई,जय बागेश्वरीसिस्ने जेभी नेपालगन्ज र यसअन्तर्गतका बिकोई बिल्डर्स टंगाल काठमाडौं, जय वागेश्वरी माता कन्स्ट्रक्सन नेपालगन्ज र सिस्ने कन्स्ट्रक्सन नेपालगन्जलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ।
धुलीखेल(जेके जेभी कोहलपुर बाँके र यसमातहतका दुई कम्पनीलाई ‍डेढ वर्षका लागि कालोसूचीमा राखिएको छ।