अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको महिला भेलाका २१ बुँदे प्रस्ताव

एमालेको महिला भेलाका २१ बुँदे प्रस्ताव

पार्टीमा ५० प्रतिशत महिला पुर्‍याउने विशेष अभियान सञ्चालन गर्ने


काठमाडौं-नेकपा एमालेले आयोजना गरेको दुई दिने महिला भेलाले २१ बुँदे प्रस्ताव पास गरेको छ। एमालेको जनवर्गीय संगठन संयन्त्रले बुधबार र बिहिवार काठमाडौंमा आयोजना गरेको भेलाले राजनीतिमा महिला सहभागिता वृद्धि, नेतृत्वमा हस्तक्षेपकारी भूमिका र लैंगिक विभेद अन्त्यका सवालमा आधारभूत तहदेखि नै मिहेनतका साथ लाग्ने प्रतिवद्धता पनि व्यक्त गरेको छ।

भेलाले जारी गरेको २१ बुँदे प्रस्तावमा एमालेमा हाल २७ प्रतिशत मात्र महिला सदस्य रहेकोमा यसलाई बढाएर ५० प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ। यसका लागि सम्बद्ध सबै संगठनले विशेष अभियान सञ्चालन गर्ने प्रस्ताव पारित गरेको छ। २०६३ जेठ १६ गते तत्कालिन पुनस्र्थापित प्रतिनिधि सभाकी सदस्य एवं एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले संसदमा पेश गरेको संकल्प प्रस्तावका आधारमा संसद लगायत राज्यका हरेक निकायमा ३३ प्रतिशत सहभागिता सुनिश्चित गरको थियो। सो प्रस्ताव तत्कालीन संसदले जेठ १६ गते पास गरेको हुनाले एमालेले उक्त दिनलाई महिला विशको रुपमा सम्झाना गर्ने गरेको छ।

जारी प्रस्तावमा संसदमा ३३ प्रतिशत महिला सहभागिता भए पनि राज्यका अन्य निकायमा त्यस अनुसार नभएको र संविधानको धारा ३८ को मर्म अनुसार प्रतिनिधित्वलाई सुनिश्चित गर्न माग गरिएको छ। प्रस्तावमा राजनीतिमा युवा महिलालाई जोड्न अनेम संघले विशेष अभियान सञ्चालन गर्ने उल्लेख गरिएको छ। ‘अवसर र जिम्मेवारी दुवै बराबरी’को सिद्धान्त अनुसार पारिवारिक र सार्वजनिक रुपमा महिला र पुरुषबीचको सहकार्यको संस्कार विकास गर्ने प्रतिद्धता व्यक्त गरिएको छ।

भेलाले पास गरेका प्रस्तावहरु निम्न अनुसार छन्:

Skip This