अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

न्यूरोडमा सडक विभाग र महानगर प्रहरीबीच विवाद

न्यूरोडमा सडक विभाग र महानगर प्रहरीबीच विवाद


काठमाडौं-न्यूरोड क्षेत्रको सडकलाई लिएर सडक विभाग र नगर प्रहरीबीच विवाद भएको छ।

काठमाडौं महानगरपालिकाले फुटपाथ विस्तारका लागि खनेको सडक सोमबार बिहान सडक विभागले पिच गर्न थालेको थियो। तर नगर प्रहरी पुगेपछि विवाद भयो।

बालेनका समर्थकले सडक टाल्ने काममा अवरोध गरेपछि विवाद सिर्जना भएको छ । काठमाडौं महानगरका प्रहरी पनि त्यहाँ आइपुगेका छन् । सडक विभागका प्रतिनिधि र महानगरका प्रहरीबीच पनि विवाद भएको छ ।

मेयर बालेन शाहको निर्देशनमा जेठ १२ गते इन्द्रचोकदेखि जुद्धशालिकतर्फको विशाल बजारअगाडि पीच काटिएको थियो । सडक डिभिजन कार्यालयले आफ्नो क्षेत्राधिकारको सडकमा हात हालेको भन्दै महानगरलाई दुई दिनभित्र जस्ताको तस्तै पार्न १६ गते अल्टिमेटम दिएको थियो ।