काठमाडौं-नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति लचिलो ल्याउने बताउनु भएको छ।
आइतबार काठमाडौंमा इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) ले आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारीले राष्ट्र बैंकले मौद्रिक नीतिको दोस्रो र तेस्रो त्रैमासिक समीक्षामा नै लचिलो कार्यदिशा अवलम्बन गरेको बताउनु भएको हो।
उहाँले आगामी मौद्रिक नीतिमा पनि सरोकारवाला निकायहरूसँग आवश्यक छलफलका माध्यमबाट लचिलो मौद्रिक नीति ल्याउने बताउनु भयो।
राष्ट्र बैंकले मौद्रिक नीति तयारीका लागि छलफल सुरु गरेको र अधिकांशको चासो कर्जा प्रवाह सहज बनाउनुपर्ने र ब्याजदर रहेको बताउनुभयो।




प्रतिक्रिया