काठमाडौं-नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको पछिल्लो अभिव्यक्तिले आफैँलाई गिज्याइरहेको टिप्पणी गर्नुभएको छ।
मंगलबार नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि निम्छरो, अशिष्ट र उदण्डताका साथ अभिव्यक्ति दिएको जिकिर गर्दै त्यसले उनको पदीय मर्यादालाई होचो बनाइरहेको बताउनु भएको हो।
उहाँले अध्यक्ष ओलीमाथि गालीगलौजको भाषामा मेयर शाहले दिएको अभिव्यक्ति तत्काल सच्याउनु पर्नेसमेत बताउनु भयो। प्रमुख सचेतक बर्तौलाले मेयर शाहले इतिहासलाई अवमूल्यन गर्ने, नेतृत्वमाथि गालीगलौज गर्ने शैलीले मुलुकको कानुनी शासनमाथि नै चुनौती दिने गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो।
प्रमुख सचेतक बर्तौलाले राष्ट्रको हितमा उभिएका कुनै शक्ति र व्यक्तिमाथि त्यस्ता खालको गालीगलौजको भाषा प्रयोग नगर्न पनि मेयर शाहलाई सचेत गराउनु भयो।




प्रतिक्रिया