रुपन्देही-नेकपा एमाले रुपन्देहीको संक्षिप्त इतिहास पुस्तक प्रकाशन गरेको छ। रुपन्देही जिल्लाको कम्युनिष्ट आन्दोलनको इतिहास समेटेर नेकपा एमाले रुपन्देहीको संक्षिप्त इतिहास पुस्तक प्रकाशन गरिएको हो।
भैरहवामा भइरहेको नेकपा एमाले रुपन्देहीको १०औं जिल्ला अधिवेशनमा पार्टीका केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेलले उक्त पुस्तक विमोचन गर्नुभयो।
रुपन्देही जिल्ला कमिटीले ५०औं वर्ष पूरा गरेको अवसरमा नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीले प्रकाशन गरेको पुस्तकको लेखन तथा सम्पादन डा. मुरारी पराजुलीले गर्नुभएको हो।
६ अध्याय रहेको पुस्तकमा रुपन्देही जिल्लाको परिचय, कम्युनिष्टको परिचय र प्रसार, नेपाल कम्युनिष्ट पार्टीको परिचय र परम्परा, नेकपा एमाले रुपन्देहीको इतिहास, एमाले रुपन्देहीको संक्षिप्त नेतृत्व परिचय तथा २००९ देखि २०८१ सालसम्मको नेकपा एमाले रुपन्देही जिल्ला पार्टीको नेतृत्व गर्ने व्यक्तिहरुको समयावधिसहितको नामावली र पार्टीले गरेका कामको समेत विवरण रहेको छ।
नेकपा एमाले रुपन्देही जिल्लाका प्रथम सचिव २००९-२०११ देखि हाल रुपन्देही जिल्लाका अध्यक्ष (२०७८-२०८१) तेजेन्द्र केसीको व्यक्तिगत र पार्टीगत जीवनी रहेको छ । उक्त पुस्तकको मूल्य रु.४ सय ९९ रहेको छ ।




प्रतिक्रिया