अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय योजना आयोगको सदस्यमा डा. सिंह नियुक्त

राष्ट्रिय योजना आयोगको सदस्यमा डा. सिंह नियुक्त

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय


काठमाडौं-सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा डा. रमेशप्रसाद सिंहलाई नियुक्त गरेको छ। 

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाली सरकारका प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद्को जेठ २४ गते (बिहीबार) बसेको बैठकले राष्ट्रिय योजना आयोगको रिक्त रहेको सदस्य पदमा सिंहलाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिनुभयो।

उहाँले शुक्रवार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै हेटौँडा सिमेन्ट उद्योगको अध्यक्षमा नरेन्द्र भण्डारी र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रवन्धकमा पदम ओलीलाई नियुक्त गर्ने गरिएको पनि बताउनु भयो।

त्यसैगरी सरकारले ५२ वटा विभिन्न रोगलाई संक्रामक रोगको रूपमा पनि घोषणा गरेको छ। आवासीय सेवामा हड्ताल गर्न निषेध आदेश जारी गर्ने र सोको सूचना राजपत्रका प्रकाशन गर्ने निर्णय पनि सरकारले गरेको छ। 

हरेक ६ महिनामा जारी हुने सो आदेशलाई राजपत्रका प्रकाशित गर्ने निर्णय पनि सरकारले गरेको मन्त्री शर्माले बताउनुभयो । सरकारले मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवक्स र थप संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्वीकृति पनि दिएको छ ।

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा डा. रमेशप्रसाद सिंहलाई नियुक्त गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाली सरकारका प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद्को जेठ २४ गते (बिहीबार) बसेको बैठकले राष्ट्रिय योजना आयोगको रिक्त रहेको सदस्य पदमा सिंहलाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिइन् । 

उनले शुक्रबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै हेटौँडा सिमेन्ट उद्योगको अध्यक्षमा नरेन्द्र भण्डारी र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा पदम ओलीलाई नियुक्त गर्ने गरिएको पनि बताइन् । त्यसैगरी सरकारले ५२ वटा विभिन्न रोगलाई संक्रामक रोगको रूपमा पनि घोषणा गरेको छ । आवासीय सेवामा हड्ताल गर्न निषेध आदेश जारी गर्ने र सोको सूचना राजपत्रका प्रकाशन गर्ने निर्णय पनि सरकारले गरेको छ । 

हरेक ६ महिनामा जारी हुने सो आदेशलाई राजपत्रका प्रकाशित गर्ने निर्णय पनि सरकारले गरेको मन्त्री शर्माले बताइन् । सरकारले मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवक्स र थप संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्वीकृति पनि दिएको छ ।

यस्ता छन् निर्णय
– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्‌मा पेस गर्न स्वीकृति दिने 

– हेटौँडा सिमेन्ट उद्योगको अध्यक्षमा नरेन्द्र भण्डारी मकवानपुरलाई नियुक्त 

– उद्योगकै प्रस्तावमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धक पदमा पदम ओली बाजुरालाई नियुक्त गर्ने 

– खानेपानी मन्त्रालयको प्रस्तावमा मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवक्स र थप संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्विकृति दिने 

– गृह मन्त्रालयको प्रस्तावमा आवासीय सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ बमोजिम तोकिएको आवासीय सेवामा हडताल गर्न निषेध आदेश जारी गर्ने र सोको सूचना राजपत्रका प्रकाशन गर्ने 

–तोकिएको सेवा उपलब्ध गराउँदा विभिन्न क्षेत्रका लागि तोकिएको मितिबाट लागु हुने गरी राष्ट्रिय परिचयपत्रबाट समेत सेवा लिन सक्ने गरी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ बमोजिमको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने 

– परराष्ट्र मन्त्रालयको प्रस्तावमा भारत, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य इजरायल, साउदी अरव, कतार, मलेशिया, डेनमार्क, स्पेन, दक्षिण कोरिया र पोर्चुगलका लागि नेपाली आवासीय राजदुतहरुलाई फिर्ता बोलाउने निर्णय 

– अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक पदमा श्री तेजबहादुर राय खोटाङलाई तोक्ने निर्णय 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा १ बमोजिम विभिन्न ५२ वटा रोगहरुलाई संक्रामक रोगको रुपमा तोक्ने निर्णय

– ज्येष्ठ नागरिकसम्बन्धी पहिलो संशोधन नियमावली २०८१ पनि स्वीकृत भएको छ । 

– राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा डा. रमेशप्रसाद सिंहलाई नियुक्त गर्ने निर्णय