अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णालीको झोलुंगे पुलमा १४ वटा खच्चड फसे,उद्धार प्रयास जारी

कर्णालीको झोलुंगे पुलमा १४ वटा खच्चड फसे,उद्धार प्रयास जारी


काठमाडौं- कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड पुलमै फसेका छन्।
आइतबार बिहान करिब १० बजेको समयमा सामग्री बोकेर हिँडिरहेका खच्चड पुलमै अड्किएको खबर आएपछि अहिले उद्धार कार्य अघि बढाइएको दैलेखका निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले बताउनुभयो। दैलेखको आठबिसबाट अछामको कालेकाडा जोड्ने पुलको एकातर्फको लठ्ठा कमजोर रहेको र धेरै खच्चडहरू एकैपटक चढ्न थाल्दा लठ्ठा चुँडिएको कोइरालाले जानकारी दिनुभयो। अहिले नजिकका इलाका प्रहरी कार्यालयबाट प्रहरीहरू घटनास्थलमा पुग्ने क्रम रहेको उहाँले बताउनुभयो।

‘हामीले अछामका प्रमुख जिल्ला अधिकारीसँग पनि समन्वय गरेर उताबाट पनि सुरक्षा अधिकारीहरूलाई समन्वयका लागि भनेका छौँ,’ उनले भने, ‘अबको केहीबेरमा उद्धार सुरु हुन्छ।’