अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रघुवीर महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

रघुवीर महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी


काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेलले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्नुभएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी आज त्यसतर्फ प्रस्थान गरेकाले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य महासेठले सम्हाल्ने गरी जिम्मेवारी तोकिएको शीतल निवासले जनाएको छ।

राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम राष्ट्रपतिले प्रधानमन्त्रीकै सिफारिसमा महासेठलाई तोकेका हुन्। 

आइतबार भारत प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड सोमबार स्वदेश फिर्ता हुने कार्यक्रम छ।