अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रोल्पाको माडीमा जीप दुर्घटना हुँदा ११ जना घाइते

रोल्पाको माडीमा जीप दुर्घटना हुँदा ११ जना घाइते


काठमाडौँ-रोल्पाको माडी गाउँपालिका-४ परेवा छहरामा जीप दुर्घटना हुँदा ११ जना घाइते घाइते भएका छन्। घर्ती गाउँबाट तालावाङ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जीप दुर्घटना भएको हो।

घाइतेहरूको उद्धार गरी उपचारका लागि अहिले अस्पतालतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ। जीप सडकबाट करीब ४ सय मिटर तल खसेको जानकारी दिएको छ।

घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ। केहीको मृत्यु भएको आशंका गरिएको छ।