अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रोल्पा जीप दुर्घटना अपडेट: एकै गाउँका ५ जनाको मृत्यु, ६ घाइते

रोल्पा जीप दुर्घटना अपडेट: एकै गाउँका ५ जनाको मृत्यु, ६ घाइते


रोल्पा-रोल्पाको तालाबाङमा जीप दुर्घटना हुँदा एक नाबालकसहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ। ६ यात्रु गम्भीर घाइते भएका छन् ।

मृतकको सनाखत भइ नसकेको प्रहरीले जनाएको छ। माडी गाउँपालिकाको घर्तीगाउँबाट वडा-४ तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जीप सोमबार बेलुका करिब ६ बजेतिर परेवा छहरा भन्ने ठाउँमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

जीप सडकबाट करिब चार सय मिटर तल खसेको स्थानीयले बताएका छन्। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक भरत लामाका अनुसार जीपमा ११ जना सवार थिए। दुर्घटनाको खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट प्रहरी पुगेर उद्धार खटिएको थियो। जीपमा सवार एउटै गाउँ तालाबाङका थिए ।