अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीले नै कांग्रेससँग वैकल्पिक सरकारको पहल गरेपछि यो परिणाम आएको हो: प्रदीप ज्ञवाली

प्रधानमन्त्रीले नै कांग्रेससँग वैकल्पिक सरकारको पहल गरेपछि यो परिणाम आएको हो: प्रदीप ज्ञवाली


काठमाडौं-उपमहासचिव प्रदीप ज्ञवालीले एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै सत्ता समीकरण बदल्न वातावरण बनाएको आराेप लगाउनु भएको छ।

आज बसेको सचिवालय बैठकपछि उपमहासचिव ज्ञवालीले सुरुमा प्रधानमन्त्रीबाट कांग्रेससँग राष्ट्रिय सहमितको सरकारका लागि प्रस्ताव गरिएको दाबी गर्नुभयो।

उपमहासचिव ज्ञवालीले कुनैपनि दललाई निषेध गर्नका लागि अहिलेको सहकार्य अघि नबढाइएको बताउनु भयो। उहाँले भन्नुभयो, ‘कसैलाई निषेध गर्न बनाइएको कुरा होइन।’

उहाँले प्रचण्डको नेतृत्वमा कांग्रेसले अघि जान सकिँदैन भनेपछि आफूहरू अघि बढेको बताउनुभयो। 

उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘हामीले सत्ता समिकरणमा हदैसम्मको लचकता अपनाएका थियौं। केही विषयहरु थिए तर सत्ता सहकार्य बदल्नुपर्ने तहसम्मका थिएनन्। यही सरकार अगाड बढाइरहनुपर्छ भन्नेमा थियौं।’