अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बोल्न नपाएको भन्दै रास्वपाका महामन्त्री ढकाल मुखमा टेप लगाएर पार्टी बैठकमा

बोल्न नपाएको भन्दै रास्वपाका महामन्त्री ढकाल मुखमा टेप लगाएर पार्टी बैठकमा


काठमाडौं- बोल्न पाउने अधिकार हनन भएको भन्दै रामकुमारी झाँक्रीको झल्को दिने गरी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका महामन्त्री डा. मुकुल ढकाल केन्द्रीय कमिटीको बैठकमा कालो टेप लगाएर बस्नु भएको छ ।

केन्द्रीय कमिटीको बैठक अहिले पार्टी कार्यालय चःमतिमा जारी छ। बैठक बिहान साढे आठ बजेदेखि सुरू भएको हो। उहाँले केन्द्रीय कमिटीको बैठक लाइभ गर्न माग गरेका थिए। सभापति रवि लामिछानेले सुनावाइ नगरेको उहाँको आरोप छ।

‘बैठक लाइभ नगर्ने निर्णय गरिएकाले आफ्नो लोकतान्त्रिक अधिकार, बोल्न पाउने अधिकार हनन् भएकाले पार्टी बैठकमा मुखमा कालो टेप लगाएर उपस्थिति जनाइराखेको छु,’ ढकालले भन्नुभयो।

महामन्त्री ढकालले ३९ जिल्ला घुमेर पार्टी संकटपूर्ण अवस्थामा रहेको प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाउनुभएको थियो।

महामन्त्री ढकालले बुझाएको ३२ पृष्ठ लामो प्रतिवेदनमा पार्टीको जनाधार खस्कँदै गएको र यस्तै अवस्था रहे आउँदो निर्वाचनमा राष्ट्रिय पार्टी बन्नसमेत कठिन हुने निष्कर्ष प्रस्तुत गरिएको छ।

यसैबीच महामन्त्री ढकालले पार्टीलाई प्रतिवेदन नबुझाइ मिडियामा विषय छरपस्ट पारेको भन्दै स्पष्टीकरण समेत सोधेको छ।

प्रधानमन्त्री प्रचण्डले मार्ग प्रशस्त नगर्ने र सदनबाट विश्वासको मत लिने बताइसकेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीको पनि मंगलबार सचिवालय बैठक बसेको थियो। सचिवालय बैठकले रास्वपा कांग्रेस–एमाले गठबन्धनको सरकारमा सामेल नहुने निर्णय गरेको थियो।