सिन्धुली- नेपाल कम्युनिस्ट पार्टी एमालेका स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईले पार्टी भित्र कुनै विवाद नरहेको बताउनु भएको छ ।
नेकपा एमाले सिन्धुलीको आठौ जिल्ला प्रतिनिधि परिषद् सदस्यहरूको दोश्रो बैठकलाई संबोधन गर्दै सो कुरा बताउनु भएको छ । अतिथिका रूपमा सम्बोधन गर्दै उहाँले पार्टी र नेतृत्व विरुद्ध चौतर्फी आक्रमण भइरहँदा नेकपा एमालेका नेता कार्यकर्ताको मनोगत अवस्थाले समस्या सिर्जना भएको बताउनु भयो । उहाँले विरोधीहरूको आक्रमण विरुद्ध सबै नेता कार्यकर्ताले प्रतिवाद गर्न सुझाउनु भयो । आजको पुँजीवादी अर्थतन्त्र र व्यवस्था कमजोर बनेको बताउँदै नेता भट्टराईले समाजवादी व्यवस्था बलियो भन्न थालेको उल्लेख गर्नु भयो । उहाँले अहिले विश्वंमा समाजवादी व्यवस्थाको नेतृत्व चीन, भियतनाम र लाओसले गरिरहेको बताउनु भयो ।
नेकपा एमालेको मूल नेतृत्व र तल्लो तहमा समस्या नरहेपनि बरण्डामा समस्या देखिएको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो नेतृत्वमा समस्या छैन, विचारमा समस्या छैन, तर बीचको नेतृत्वमा समस्या देखियो, त्यो समस्या समाधान गर्न तपाईं सम्पूर्णको जिम्मेवारी हो । बागमती प्रदेश कमिटीमा कुनै समस्या नरहे पनि जिल्ला तहमा समस्या छ, पार्टी जसरी चल्नु पर्दथ्यो, त्यसरी चलेन । पार्टी विधान, विधि र पद्दति विरुद्ध उभिने र उभ्याउने कामलाई निरुत्साहित गर्न प्रतिनिधि परिषद् सदस्यहरुलाई सुझाव दिनु भयो ।
प्रतिक्रिया