काठमाडौं-लगातार वर्षाका कारण आज (शनिबार) देशभरका खोला, नदीमा बाढी आइरहेको छ।
अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन्। वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ। तराईमा बाढीका कारण बस्ती डुबानमा परेका छन्।
त्यसैले जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन र बच्ने उपाय अपनाउन आग्रह गरेको छ।





सुन्दरबजार (लमजुङ)-मध्यपहाडी लोकमार्ग अन्तर्गत लमजुङ सुन्दरबजारको खहरे खोलामा निर्माणाधीन पुल समयमै सम्पन्न हुन नसक्दा बर्खा लागेपछि बाढीको कारण सडक अवरुद्ध । यस सडक हुँदै पोखरा, चितवन, काठमाडौँलगायतका विभिन्न ठाउँहरुमा यात्रा गर्ने यात्रुहरु बिहानैदेखि अलपत्र परेका छन । तस्बिरः विराट न्यौपाने/रासस


मनाङ २२असार: मर्स्याङ्दी नदीको बहाव बढेसँगै मनाङको नासो गाउँपालिका–१ ताल गाउँ उच्च जोखिमा । नदीको किनारमा रहेको यस गाउँ २०७८ असार १ गतेको बाढीले ५५ घर पूर्णक्षति भएको थियो भने गाउँनै बगरमा परिणत भएको थियो । तस्बिर: नवीन लामिछाने/रासस

प्रतिक्रिया