काठमाडौं-सभामुख देवराज घिमिरेले नयाँ संसद भवन निर्माणमा भइरहेको ढिलाइबारे चासो राख्नुभएको छ।
शुक्रबार सिंहदरबारमा राष्ट्रियसभा अध्यक्षसहित उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, भवन निर्माण आयोजना लगाएत सरोकारवाला निकायसँग छलफल गर्दै सभामुख घिमिरेले संसद भवन निर्माणमा भइरहेको ढिलाइबारे चासो व्यक्त गर्नुभयो।
नयाँ संसद भवनलाई उच्च प्रविधिमैत्री बनाएर समयमा नै निर्माण सम्पन्न गर्न सभामुखले ध्यानाकर्षण गराउनु भयो। उहाँले भवन निर्माण गर्दा प्रविधिका क्षेत्रमा सम्झौता नगर्न पनि निर्देशन दिनुभएको छ।
सभामुख घिमिरेले नयाँ संसद भवन निर्माणको वर्तमान अवस्थाका बारेमा जानकारी लिँदै गुणस्तरीय काममा जोड दिनुभयो । एक महिनामा पुन: जानकारी लिने पनि सभामुखले बताउनु भयो।




प्रतिक्रिया