अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमालेको जनसंगठनका लागि आर्थिक तथा लेखा व्यवस्थापन प्रशिक्षण जारी

एमालेको जनसंगठनका लागि आर्थिक तथा लेखा व्यवस्थापन प्रशिक्षण जारी


काठमाडौं-नेकपा एमालेको जनसंगठनहरूका लागि आर्थिक तथा लेखा व्यवस्थापन प्रशिक्षण पार्टी केन्द्रीय कार्यालय ललितपुर, च्यासलमा जारी छ।

केन्द्रीय लेखा आयोगद्वारा आयोजित प्रशिक्षण महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यमा सुरू भएको हो। कार्यक्रममा २३ वटै जनसंगठनका इन्चार्ज, अध्यक्ष, महासचिव, कोषाध्यक्ष र लेखा प्रमुखहरू सहभागी हुनुहुन्छ।

कार्यक्रमको अध्यक्षता आयोगका अध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले गर्नुभएको छ भने स्वागत जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल र सञ्चालन आयोगका सचिव शिव अधिकारीले गर्नुभएको हो।