काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसद पदबाट गरिएको निलम्बन फुकुवाका लागि सभामुख देवराज घिमिरे समक्ष माग गर्नुभएको छ। संसद् सचिवालय पुगेका सभापति लामिछानेले सभामुख घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवाको निवेदन बुझाउनु भएको हो।
सभामुख घिमिरेलाई निवेदन दिँदै लामिछानेले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ बमोजिम आफूलाई गरिएको निवेदन कानुन सम्मत नभएको भन्दै आजकै बैठकबाट निलम्बन फुकुवा गरिदिन आग्रह गर्नुभएको थियो।
सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि लामिछानेको सांसद पद पुस ८ गते संसद सचिवालयले निलम्बन गरेको थियो।

प्रतिक्रिया