अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सहकारी ठगी प्रकरण: पूर्वडीआईजी छविलाल जोशी पुर्पक्षका लागि जेल चलान

सहकारी ठगी प्रकरण: पूर्वडीआईजी छविलाल जोशी पुर्पक्षका लागि जेल चलान


काठमाडौं-रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश भएको छ।

आज सोमबार न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले जोशीलाई थुनामा पठाउने आदेश दिएको रुपन्देही जिल्ला अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिनुभयो।

जोशीमाथि रुपन्देहीको सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोप छ । यसै प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईलगायतविरुद्ध पनि मुद्दा दर्ता भएको छ ।

यसअघि उहाँ काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा ५० लाख र पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा ८८ लाख धरौटीमा रिहा भएका थिए ।