अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वराष्ट्रपतिद्वारा ल्होसारको शुभकामना

पूर्वराष्ट्रपतिद्वारा ल्होसारको शुभकामना



काठमाडौँ-पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्पो ल्होसारको शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल एक्सबाट उहाँले यो पर्व मनाउने स्वदेश तथा विदेशमा रहनुभएका सबैमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो ।

मुलुकको हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले ड्रागन वर्षलाई बिदा गरी हर्षोल्लासका साथ सर्प वर्षलाई स्वागत गरेर ग्लापो लोसार मनाउने गरेका बताउँदै उहाँले एक्समा यस सर्प वर्षले हामी सबैलाई सुख, स्वास्थ्य, शान्ति र समृद्धि प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।