अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेशमा बसाँइसराई ठुलो समस्या, प्रदेश र स्थानीय सरकार गम्भिर बनुन् : योगेश भट्टराई

कोशी प्रदेशमा बसाँइसराई ठुलो समस्या, प्रदेश र स्थानीय सरकार गम्भिर बनुन् : योगेश भट्टराई



विराटनगर नेकपा एमालेका सचिव एवं ताप्लेजुङका साँसद योगेश भट्टराईले कोशी प्रदेशको सबैभन्दा ठुलो समस्या बसाँइसराई भएको बताउनुभएको छ । हिमाली र पहाडी जिल्लाबाट तराईका जिल्लामा भइरहेको घना जनसंख्याले तीनवटै क्षेत्रमा विविध समस्या निम्त्याएको भट्टराईले बताउनुभयो ।
कोशी बिचार उत्सवको कोशी प्रदेशको आर्थिक समृद्धिको सम्भावना र मार्गचित्र सेसनमा बोल्दै भट्टराईले कोशी प्रदेशका १४ मध्ये १० पहाडी र हिमाली जिल्लाको जनसंख्या वृद्धिदर घट्दो अवस्थामा रहेको बताउनुभयो । खोटाङ जिल्लामा सबै भन्दा जनसंख्या क्षति भइरहेकोले यसतर्फ कोशी प्रदेश सरकार र स्थानीय सरकारले विशेष ध्यानदिनु पर्ने बताउनुभयो । कोशी प्रदेशका झापा,मोरङ,सुनसरी र उदयपुरमा जनसंख्याको उच्च चाप रहेको बताउनुभएको छ । जनसंख्याको यो असन्तुलनले विकासमा बाधा पुर्याउने भएकोले बसाँइसराइका कारण पत्ता लगाएर त्यसको व्यवस्थापनमा ध्यान केन्द्रित गर्नुपर्ने भट्टराईले बताउनुभयो । कोशी प्रदेशको औषतका जनताको औषत आयु ७० वर्ष ,कोशी प्रदेशको साक्षरता दर ९४ प्रतिशत रहेकोले यहाँ रोजगारी सृजना गर्नुपर्ने चुनौति तीनै तहका सरकारलाई रहेको उहाँले बताउनुभयो ।
भट्टराईले कोशी प्रदेशलाई समृद्ध बनाउन पर्यटन,जलविद्युत,कृषि तथा उद्योग प्रमुख आधार रहेको बताउनुभएको छ । ४२ हजार मेघावाट विद्युत उत्पादन गर्ने क्षमता कोशी प्रदेशले राख्ने उहाँले बताउनुभयो । भट्टराईले तीनै तहका सरकारले यस प्रदेशको सामथ्र्यलाई पहिचान गर्नुपर्ने बताउनुभएको छ । भूराजनतिक हिसाबले पनि कोशी प्रदेश महत्वपूर्ण ठाउँ रहेको उहाँको भनाइ छ । भारतका तीनवटा प्रदेशसँग सिमाना जोडिएको कोशीमा करिब ५० करोड जनसंख्याको छिमेकमा रहेको उल्लेख गर्नुभयो । कोशी प्रदेशका देश कुल ग्राहस्थ उत्पादन ५० खर्बमा १० खर्ब योगदान गरेको भट्टराईको भनाइ छ ।