काठमाडौं-भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले समृद्ध नेपालको लक्ष्य प्राप्तिका लागि अब बन्ने संरचनाहरु पनि सुरक्षित र दिगो हुनु पर्ने बताउनुभएको छ। कुनै पनि संरचना गर्दा ठुलो धनराशी र समय समेत खर्च हुने भएकाले लागतको तुलनामा अधिक प्रतिफल दिने सुरक्षित संरचना बनाउने तर्फ ध्यान जानु पर्ने मन्त्री दाहालको भनाई छ।

स्किल सेवाले काठमाडौंमा आयोजना गरेको तीन दिने ‘नेशनल घर निर्माण फेष्ट’ को शनिवार भएको समापन समारोहमा मन्त्री दाहालले सरकारी र सार्वजनिक संरचनाहरु मात्र नभई निजी, आवशीय, सामुदायकी तथा सवै प्रकारका संरचनाहरु दिगो बनाईनु पर्ने बताउनुभयो। नेपाल भुकम्पिय जोखिम भएको मुलुक भएकाले भवन निर्माण संहिताको पूर्ण पालना, विश्व स्तरीय प्रविधिको उपयोग तथा गुणस्तरी निर्माण सामाग्रीको प्रयोग गरि दिगो र सुरक्षित निर्माणमा जोड दिनु पर्ने मन्त्री दाहालको भनाई थियो।

कार्यक्रममा बागमती प्रदेश सभाकी उपसभामुख अप्सरा चापागाई, बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी लगायतले मन्तव्य राख्नु भएको थियो। तीन दिन चलेको कार्यक्रममा १० हजार जना भन्दा बढिले अवलोकन गरि परामर्श सेवा लिएको आयोजक संस्थाका महेश तिमल्सिनाले जनाउनुभयो। विभिन्न प्रकारका घरका ‘मोडल’हरु विचमा प्रतिष्पर्धा समेत गराईएकोमा उत्कृष्ट तीनलाई नगद पुरस्कार सहित पुरस्कृत गरिएको थियो।







प्रतिक्रिया