रामेछाप-सभामुख देवराज घिमिरेले शिक्षा व्यवहारिक र जीवनोपयोगी हुनुपर्ने बताउनुभएको ।
शनिबार रामेछापको लिखु तामाकोसी गाउँपालिका–६ खिम्तीको श्री मावि ज्यामिरेखानीको स्वर्णमहोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै घिमिरेले शिक्षाले समाज र व्यक्तिको जीवनमा सुधार ल्याउनु पर्ने बताउनुभयो। ‘शिक्षा व्यक्ति र समाजको प्रगतिको आधार बन्नु पर्छ’, घिमिरेले भन्नुभयाे ।
घिमिरेले नेपालको शिक्षा अहिले पनि व्यवहारोपयाेगी हुन नसकेको बताउनुभयो। शिक्षा नेपाली जनताको प्रगतिको कारक बन्नु पर्ने उहाँको धारणा छ । ‘हाम्रो शिक्षा अहिले पनि व्यवहारिक बन्न सकेको छैन’, उहाँले भन्नुभयो ।
घिमिरेले प्राविधिक र गुणस्तरीय शिक्षा आजकाे आवश्यकता भएको बताउनुभयाे। अहिले संघीय संसदमा विद्यालय शिक्षा सम्बन्धी विधेयक छलफलमा रहेको बताउँदै सो ऐनले परिवर्तित राजनीतिक सन्दर्भलाई समेट्ने उनले विश्वास व्यक्त गर्नुभयाे।







प्रतिक्रिया