अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केपी शर्मा ओली विचारसहितको नेता हो: शंकर पोखरेल

केपी शर्मा ओली विचारसहितको नेता हो: शंकर पोखरेल


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीति गर्नेले बीचमा पार्टीलाई डोर्‍याउन सक्नु पर्ने बताउनु भएको छ।

सोमबार ‘केपी शर्मा ओली: सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले विचार विनाको नेता बन्न नसक्ने बताउनुभयो। विचार बिनाको नेता प्राविधिक रूपमा मात्र नेता बन्ने महासचिव पोखरेलले स्पष्ट पार्नुभयो। ‘केपी शर्मा ओली विचार सहितको नेता हो’, महासचिव पोखरेलले भन्नुभयो।

केपी शर्मा ओली झापा विद्रोहमा पनि मानव हत्या विरुद्ध असहमति राख्ने नेता भएको महासचिव पोखरेलले बताउनुभयो। ओली मदन भण्डारीको जनताको बहुदलीय जनवादको मस्यौदाकार समेत रहनुभएको महासचिव पोखरेलले स्पष्ट पार्नुभयो। धर्यता नगुमाउँदा विचारलाई स्थापित गराउन सकिन्छ भन्ने मान्यता ओलीले पुष्टि गर्नुभएको महासचिव पोखरेलले बताउनुभयो।

समृद्ध नेपाल सुखी नेपालीको परिकल्पनाकार ओली संगठित विचार र योजनाकार रहनुभएको महासचिव पोखरेलले बताउनुभयो। समृद्ध नेपाल, सुखी नेपाली परिपूर्ण लोकतन्त्रको आयाम भएको महासचिव पोखरेलले स्पष्ट पार्नुभयो।

केपी ओली सफल राजनीतिज्ञ र कुशल राज्य सञ्चालक हुनुभएको महासचिव पोखरेलको भनाइ छ। राजनीतिसँगै शासकीय जीवनमा पनि उहाँ सफल नेता भएको पोखरेलले बताउनुभयो।

यस्तो नेता माथि पनि प्रहार र घेराबन्दी भएको पोखरेलले बताउनुभयो। नेपाली समाजमा सबैभन्दा बढी खोजिने पात्र भएको कारण केपी ओली माथि सामाजिक सञ्जाल मार्फत आक्रमण गरिएको उहाँको भनाइ छ। काम गर्नेलाई काम गर्ने अनुकूल वातावरण बनाउनको लागि भूमिका खेल्न नसक्ने हो भने राष्ट्रको विकास र समृद्धिको यात्रा अघि बढाउन निक्कै कठिन हुने पोखरेलले स्पष्ट पार्नुभयो।