अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केपी ओली कप फुटबल च्याम्पियनसिपको फाइनल खेल {तस्बिरहरु}

केपी ओली कप फुटबल च्याम्पियनसिपको फाइनल खेल {तस्बिरहरु}


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओली तेश्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको समापन कार्यक्रममा सहभागी हुुनुभएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भइरहेको समापन कार्यक्रममा इटलीका अन्तर्राष्ट्रिय गोलरक्षक जियानलुइजी बुफोन प्रमुख अतिथिका रुपमा उपस्थित हुनुहुन्छ। रंगशालाको खचाखच दर्शकबीच भइरहेको कार्यक्रममा त्रिभुवन आर्मी क्लव र मछिन्द्र फुटबल क्लवबीच फाइनल खेल हुँदैछ। खेल हुनुअघि कलाकारहरुले साङ्गीतिक प्रस्तुति पस्किएका थिए ।
राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा उक्त च्याम्पियनसिप यही फागुन ११ गतेदेखि सुरु भएको थियो ।