काठमाडौं-सुदूरपश्चिम प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज धनगढी जानुहुँदै छ। प्रदेश सभाको पाँचौँ अधिवेशन अन्तरगत १७ औँ बैठकमा प्रधानमन्त्री ओली सम्बोधन गर्दै हुनुहुन्छ।
प्रधानमन्त्री ओलीले आइतबार दिउँसो १ बजे सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ। यसअघि प्रदेश सभाको पहिलो कार्यकालमा नेकपाको सरकार भएको बेला पनि प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्नुभएको थियो।







प्रतिक्रिया