अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वराजा ज्ञानेन्द्रलाई माधव ढुङ्गेलको चेतावनी: बुढेसकालमा निर्मल निवासबाट भाग्नु पर्ला 

पूर्वराजा ज्ञानेन्द्रलाई माधव ढुङ्गेलको चेतावनी: बुढेसकालमा निर्मल निवासबाट भाग्नु पर्ला 


काठमाडौं-नेकपा एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ठेगानमा बस्न सुझाव दिनुभएको छ। 

पूर्वराजा ज्ञानेन्द्र उत्ताउलो बन्दै हिँडे बुढेसकालमा निर्मल निवासमा पनि बस्न नपाउने स्थिति आउने नेता ढुङ्गेलले चेतावनी दिनुभएको छ। ‘मान सम्मानका साथ राज्यले दिएको सुविधा लिएर बस्ने कि निर्मल निवास छोडेर राजनीतिमा आउने बाटो रोज्नुस्, राजा र राजतन्त्रको अनावश्यक हल्ला चलाएर समाजलाई बिथोल्ने, प्रतिगामी तत्त्वहरूको उक्साहटमा हिँड्न थाल्ने हो भने बुढेसकालमा निर्मल निवासबाट घोक्रेठ्याक लगाउनु पर्ने अवस्था आउन सक्छ’, नेता ढुङ्गेलले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ। 

नेता ढुङ्गेलले अब नेपालमा राजतन्त्र कहिल्यै पनि आउँदैन, लोकतान्त्रिक गणतन्त्रको कुनै विकल्प छैन, लोकतन्त्रको विकल्प अझ अब्बल र सबल लोकतन्त्र नै हो, राजा र राजतन्त्र अब म्युजियममा मात्र हेर्न पाइन्छ, पार्टी र व्यक्ति छान्ने अधिकार जनतामा भएको लोकतान्त्रिक व्यवस्थाको सुन्दरता हो, लोकतन्त्रका पक्षधरहरूले सडकमा निस्कनु पर्‍यो भने उकास्ने हुल्लडबाजहरु दुलामा पस्छन् र  पूर्वराजाको कन्तबिजोग हुन्छ भन्ने कुरा नबिर्सन आग्रह गर्नुभएको छ।