काठमाडौँ-राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्ने भएको छ।
बैठक २०८१ फागुन २६ गते बिहान ११ बजे सिंहदरबारमा बस्ने संघीय संसद सचिवालयले जनाएको छ।
बैठकमा नेपालको ‘संविधानको भाग २७ को धारा २६५ मा यस भाग बमोजिम गठन भएका आयोगहरूको संघीय संसदले यो संविधान प्रारम्भ भएको मितिले १० वर्षपछि पुनरावलोकन गर्नेछ’ भन्ने संवैधानिक व्यवस्था सम्बन्धमा विज्ञहरूको धारणा लिइने सचिवालयले जनाएको छ।







प्रतिक्रिया