अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ज्ञानेन्द्र शाहीलाई विष्णु रिमालको जवाफ: दलालसँग सवाल-जवाफ गर्नु छैन

ज्ञानेन्द्र शाहीलाई विष्णु रिमालको जवाफ: दलालसँग सवाल-जवाफ गर्नु छैन


काठमाडौं-नेकपा एमालेका उपमहासचिव एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)लाई दलाल र नालायकको संज्ञा दिनुभएको छ।

सांसदसमेत रहेका शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि २०८१ फागुन २५ गते आइतबार काठमाडौँमा राजावादीको र्‍यालीमा भारतीय राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्वीर प्रधानमन्त्री केपी शर्मा ओली र उपमहासचिव विष्णु रिमालको निर्देशनमा राख्न लगाएकाे दाबी गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेपछि त्यसको जवाफमा उपमहासचिव रिमालले सो प्रतिक्रिया दिनुभएको हाे।

योगी आदित्यनाथको तस्वीर बारे लगाएको आरोपको जवाफ दिँदै उपमहासचिव रिमालले गलत सूचनाको सहारामा दुर्घटनाबस मर्यादित स्थानमा पुगेका अयोग्य व्यक्तिको संज्ञा दिनुभएको छ।

उपमहासचिव रिमालले शाहीलाई जवाफ दिंदै साामाजिक सञ्जाल फेसबुमा लेख्नहुन्छ, ‘काँक्रा चोरहरू, काँक्रा चोर्छन्, खान्छन्, पोल खुल्ने डरमा हत्तपत्त अर्काको गालामा बियाँ टाँसी कुलेलम ठोक्छन्। दलालहरू- पहिले दलाली गर्छन् दलालीको पोल खुलेपछि  ‘खाल’ जोगाउन त्यस्तै हर्कत गर्छन्।’

उपमहासचिव रिमालले सामाजिक सञ्जालमा लेख्दै डिसइन्फरमेसनको सहारामा एक्कासी मर्यादित स्थानमा पुगेका अयोग्यहरूबाट फैलाइने भ्रम यस्तै भएको बताउनु भएको छ। उपमहासचिव रिमाल भन्नुहुन्छ, ‘यी मानिस कति द्वीविधामा भ्रमको खेती गर्दै थिए भन्ने कुरा एउटै स्ट्याटस ५-५ चोटी एडिट गरेको हिस्ट्रीले आफैँ बताउँछ। मलाई यस्ता नालायकहरूसँग सवाल/जवाफ गर्नु छैन। कसले कहाँ के गर्दैछ, समाचार त आएकै छ नि!’

हिजो भएको राजावादीको शक्ति प्रदर्शनमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो राखेर एमाले र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नारावाजीमा उत्रिएका राजवादीको अहिले चर्को आलोचना भइरहेको छ।

आलोचना हुन थालेपछि शाहीले प्रधानमन्त्री ओलीविरुद्व हिलो छ्याप्न काम गर्नुभएको छ।