अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उद्यमशीलता अहिलेको आवश्यकता: प्रधानमन्त्री ओली

उद्यमशीलता अहिलेको आवश्यकता: प्रधानमन्त्री ओली


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमशीलता अहिलेको आवश्यकता भएको बताउनु भएको छ।

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन-२०८१ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उद्यमशीलताको विकास गरी परिस्थितिमा परिवर्तन ल्याउन र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा अघि बढाउन सरकार लागिरहेकाले यसमा निजी क्षेत्रको भूमिका झन् महत्वपूर्ण हुने बताउनुभएको हो।

प्रधानमन्त्री ओलीले उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सिर्जना गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो। प्रधानमन्त्री ओलीले जागिरको पछि नलागी उद्मशीलतामा जोड दिन अनुरोध गर्नुभयो। अहिलेको आवश्यकता भनेको उद्यमशीलता भएको बताउँदै प्रधानमन्त्री ओलीले त्यसका लागि निजी क्षेत्र प्रमुख भएको बताउनुभयो। 

‘यथास्थितिमा देश अगाडि जान सक्दैन। त्यसैले अहिलेको आवश्यकता उद्यमशीलता र व्यवसायिकता हो। जसबाट रोजगारीका थुप्रै अवसर सिर्जना गर्न सकिन्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो।

नेपालमा उद्योग धन्दा चलाउने क्रममा विभिन्न खालका समस्या रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । बैङ्कहरू अप्ठ्यारोमा परेकाहरूसँग ऋण असुल्न हतारमा हुने गरेको बताउँदै उहाँले पहिलालाई व्यवसायीलाई अप्ठ्यारोबाट निकाल्नतिर लाग्नुपर्ने बताउनुभयो।