अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राप्रपाप्रति प्रधानमन्त्री ओलीको टिप्पणी: जुलुसमा विदेशीको तस्वीर राख्नुपर्ने दयनीय अवस्थामा छैनौँ

राप्रपाप्रति प्रधानमन्त्री ओलीको टिप्पणी: जुलुसमा विदेशीको तस्वीर राख्नुपर्ने दयनीय अवस्थामा छैनौँ


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई लक्षित गर्दै जुलुस निकाल्दा विदेशीको तस्वीर राख्नुपर्ने दयनीय अवस्थामा आफूहरू नरहेको टिप्पणी गर्नुभएको छ।

सोमवार गैरसरकारी संस्था महासंघको ११ औं महाधिवेशन तथा नागरिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गर्नुभएको हो।

पूर्वराजा ज्ञानेन्द्र शाह २०८१ फागुन २५ गते सोमबार पोखराबाट काठमाडौं फर्किंदा स्वागतका लागि जम्मा भएका राजावादी समर्थकहरुले आफ्नो प्रदर्शनमा भारतीय नेता तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर प्रयोग गरेका थिए।

प्रधानमन्त्री ओलीले असंवैधानिक, प्रजातन्त्र विरोधी, पद्धतिविरोधी र प्रणाली विरोधी कुरामा लाग्न आफूहरुलाई फुर्सद नभएको समेत बताउनु भयो। उहाँले दरबार हत्यकाण्ड अझै सम्झिरहेको उल्लेख गर्दै बीभत्सतामा आएका संस्थाका सर्मथकहरुका क्रियाकलाप यस्तै हुने बताउनु भयो।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामी एउटा जुलुस निकाल्नुपर्‍यो भने विदेशीको फोटो राखेर जुलुस निकाल्नुपर्ने दयनीय हालतमा छैनौँ। हामी आफैंसँग विचार छ, आफैँसँग नेता छन्। हामी यसको दृष्टान्त दिनसक्छौँ। असंवैधानिक, प्रजातन्त्रविरोधी, पद्धतिविरोधी, प्रणालीविरोधी कुरामा हामी लाग्नुहुँदैन। दरबार हत्याकाण्ड हामीले सम्झेका छौँ। यो बीभत्सतामा आएका संस्थाहरूका समर्थकका क्रियाकलाप यस्तै हुन्छन्।’