अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमतिसहित चारवटा प्रदेशमा वर्षाको सम्भावना

बागमतिसहित चारवटा प्रदेशमा वर्षाको सम्भावना


काठमाडौं – देशका केही भूभागमा आज वर्षाको सम्भावना छ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ । बाँकी भूभागमा मौसम मूख्यतया सफा छ ।

विभागले दिउँसो उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।