अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भक्तपुरको सूर्यविनायकमा स्कर्पियो दुर्घटना हुँदा ८ जना घाइते

भक्तपुरको सूर्यविनायकमा स्कर्पियो दुर्घटना हुँदा ८ जना घाइते


काठमाडौं-भक्तपुरमा तीव्र गतिमा गुडिरहेको स्कर्पियो दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बिहीबार होलीको दिन दिउँसो सूर्यविनायक नगरपालिका-७ सुवर्णस्वरबाट गुण्डुतर्फ गइरहेको बीएए ०८३४ नम्बरको स्कार्पियो दुर्घटना हुँदा ८ जना घाइते भएका जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको हो।

विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई देखेर एक्कासि ब्रेक लगाउँदा स्कर्पिओ सडकमै पल्टिएको थियो। घाइतेमध्ये एक जनाको कानबाट रगत बगेको छ। अन्यको अवस्था सामान्य नै रहेको र उनीहरू स्कर्पिओ पल्टिएपछि आफै बाहिर निस्किएको प्रहरीको भनाइ छ।

गाडी पल्टिँदै आएपछि मोटरसाइकल पनि छेउतिर पल्टिएको थियो। तर मोटरसाइकल चालक भने लगत्तै घाइतेहरूको उद्धारमा खटिएको सीसीटीभी फुटेजमा देखिन्छ।

घाइते ८ जनाको भक्तपुरकै मध्यपुर थिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको र कतिपय उपचार गरे घर फर्किसकेका प्रहरीले जनाएको छ ।