अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रहरीमा व्यापक सुधार आवश्यक छ: नवनियुक्त आईजीपी थापा

प्रहरीमा व्यापक सुधार आवश्यक छ: नवनियुक्त आईजीपी थापा


काठमाडौं-नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक आईजीपी दीपक थापाले प्रहरीमा व्यापक सुधार आवश्यक रहेको बताउनु भयो।

गृह मन्त्रालयमा आज (मंगलबार) दर्ज्यानी चिह्न ग्रहण समारोहमा सम्बोधन गर्दै आईजीपी थापाले यस्तो कुरा बताउनु भएको हो।

नवनियुक्त महानिरीक्षक आईजीपीले भन्नुभयो, ‘प्रहरी कस्तो छ भनेर हामीले लुकाउनु पर्ने केही छैन। ती पक्ष लुकाएर वा दबाएर प्रहरीमा सुधार हुन्छ भन्नेतर्फमा म विश्वास पनि गर्दिनँ। प्रहरीभित्र सुधार ल्याउन साइत कुरेर बस्न पनि जरूरी छैन। सुधारको प्रारम्भ कोही र कसैबाट होइन मभित्रैबाट नै आवश्यक छ भन्ने स्वीकार गरी अघि बढ्नुको विकल्प छैन।’

मुलुकमा शान्ति सुरक्षाको कार्यान्वयन र मानव अधिकारको प्रत्याभूति गर्न आफू प्रतिवद्ध रहेको आईजीपी थापाले बताउनुभयो। उहाँले आफ्नो मन्तव्यमा प्रहरी कर्मचारीलाई कार्यक्षमताको उचित मूल्यांकन दिलाउने प्रयास गर्नुभयो।

प्रहरी महानिरीक्षकको जिम्मेवारी पाउँदा गम्भिर जिम्मेवारीवोध भएको भन्दै उहाँले कसैप्रति पूर्वाग्रह नराखी निष्पक्षताका साथ सेवा गर्ने प्रतिबद्धता जनाउनुभयो। मंगलबार बिहान गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले थापालाई दर्ज्यानी चिह्न लगाइ दिनुभएको हो। उहाँले आजै प्रहरी प्रधान कार्यालय नक्शाल गएर पदभार ग्रहण गर्नेछन्।