अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीद्वारा पत्रकार कोइरालाप्रति श्रद्धाञ्जली अर्पण

प्रधानमन्त्री ओलीद्वारा पत्रकार कोइरालाप्रति श्रद्धाञ्जली अर्पण


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजदूत तथा वरिष्ठ पत्रकार कमल कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।

सोमबार नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालय आलोकनगरमा पुगेर प्रधानमन्त्री ओलीले कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो।

नेकपा एसको पार्टी केन्द्रीय कार्यालयमा कोइरालाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ। पत्रकार, लेखक तथा कुटनीतिज्ञ समेत रहनुभएका कोइरालाको ८७ वर्षको उमेरमा आइतबार राति निधन भएको थियो। पक्षघातपछि उपचारका क्रममा अस्पताल लगिएको थियो। उपचारकै क्रममा कोइरालाको निधन भएको हो।