अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज तीन संसदीय समितिको बैठक बस्दै

आज तीन संसदीय समितिको बैठक बस्दै


काठमाडौँ-आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ। जसअन्तर्गत बिहान १० बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ। बैठकमा मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने मानिसहरूको मानव अधिकारको अवस्था सम्बन्धमा स्थलगत अनुगमनबारे छलफल हुनेछ।

त्यस्तै बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल हुनेछ । त्यस्तै दिउँसो ३ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा मुस्लिम आयोगको आ।व। २०८०र८१ को वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ ।