अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इलाममा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

इलाममा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु


इलाम-इलाममा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। आज बिहान देउमाई नगरपालिका-१ चमैतास्थित चौरीबजार जाँदै गरेको बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो।

प्रहरीका अनुसार बोलेरो आफैँ अनियन्त्रित भई सडकबाट खसेको थियो।

दुर्घटनामा देउमाई नगरपालिका–१ चमैताका २१ वर्षीय चालक विपिन दियालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।