अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तीनकुने घटनाका घाइतेको सम्पूर्ण उपचार सरकारले गर्छ: गृहमन्त्री लेखक

तीनकुने घटनाका घाइतेको सम्पूर्ण उपचार सरकारले गर्छ: गृहमन्त्री लेखक


काठमाडौं-गृहमन्त्री रमेश लेखकले काठमाडौंको तीनकुने घटनाका घाइतेहरूको सम्पूर्ण उपचार सरकारले गर्ने बताउनु भएको छ।

चैत १५ गते तीनकुने क्षेत्रमा घाइते भएकाहरूको उपचार सरकारले गर्ने निर्णय मन्त्रिपरिषदबाट भइसकेको गृहमन्त्री लेखक जानकारी दिनुभयो। गृहमन्त्री लेखक उपचार गराइराखेको अस्पतालभन्दा बाहिरबाट औषधि किन्नु परेमा पनि त्यसको खर्च सरकारले व्यहोर्ने बताउनुभयो।

‘तीनकुने घटनाको सबै घाइतेहरूको सरकारले नि:शुल्क उपचार गर्ने व्यवस्था मिलाएको जानकारी गराउँछु। उपचार गराइरहेका घाइतेलाई सिभिल, बिएण्डबी, केएमसी र ट्रमा अस्पताल पुगेरै मैले भेटेको छु,’ शुक्रबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समिति बैठकमा बोल्दै गृहमन्त्री लेखकले भन्नुभयो।

गृहमन्त्री लेखकले घाइतेहरूको उपचार गर्न सम्बन्धित अस्पताल बाहिरबाट पनि औषधि किन्नु परेको र त्यसबाट खर्च भइरहेको परिवारजनबाट गुनासा आएकोले त्यस्ता औषधिको खर्च पनि सरकारले नै व्यहोर्ने प्रतिबद्धता जनाउनुभयो।