विराटनगर-कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको सभाको बर्खे (सातौँ) अधिवेशन आगामी जेठ ४ गते २ बजे बस्ने गरी आव्हान गर्नका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज भएको बैठकले प्रदेश प्रमुख परशुराम खापुङ समक्ष बैठक आह्वानको लागि सिफारिस गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले जानकारी दिनुभयो।
यस्तै बैठकले स्थानीय सरकार सेवा (गठन तथा सञ्चालन) नियमावली उपर प्रदेश लोकसेवा आयोगको परामर्श माग गर्ने निर्णय गरेको छ । त्यस्तै कोशी गाउँपालिका सुनसरीको केन्द्र हेरफेर गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरिएको छ।
यसैगरी कारखाना तथा वर्कसप सञ्चालन निर्देशिका–२०८२ स्वीकृत गर्ने निर्णय गरेको छ। साथै बैठकले वैशाख १८ र १९ गते सम्पन्न प्रदेश लगानी सम्मेलन भव्यतापूर्वक सफल बनाउने कार्यका योगदान दिने सम्पूर्णलाई हार्दिक धन्यवाद दिने प्रस्ताव बैठकले पास गरेको छ।
प्रतिक्रिया