अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यस्तो छ आजको मौसम पूर्वानुमान

यस्तो छ आजको मौसम पूर्वानुमान


काठमाडौं – देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । पश्चिमी र स्थानीय वायु तथा अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभाव रहँदा केही स्थानमा वर्षाको सम्भावना रहेको हो ।

दिउँसो कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ ।

कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना छ ।

काठमाडौं उपत्यकामा छिटपुट वर्षाको सम्भावना रहेको छ । तर, यो सम्भावना निकै न्यून रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

काठमाडौंमा बिहान पौने ६ बजेको न्यूनतम तापक्रम १९ डिग्री सेल्सियस रहेको थियो । दिउँसो अधिकतम तापक्रम २७ देखि २९ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान रहेको विभागले जनाएको छ ।

विभागका अनुसार राति पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।

देशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।